काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एशीयन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र एशीयन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

अब एशीयन लाइफका बीमा सेवालाई बिना झञ्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 

सिभिल बैंकले यसअघि पनि जीवन बीमा कम्पनीहरु तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।