काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा एक कार्यक्रमबीच बाल विकास समाजलाई रु.एक लाखको चेक हस्तान्तरण गरेको छ । 

उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  हस्तान्तरण गरेका थिए ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन गर्दै बाल विकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँचखालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्ष देखि ब्यहोर्दै आइरहेको छ ।  यस बाल विकास समाजसँग पनि बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।