काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने हेतुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसँग सम्झौता गरेको छ । 

बैंकले ब्लू क्रस हस्पिटलसँग बैशाख १७ गते मंगलबार र मेडीसिटी हस्पिटलसँग बैशाख १९ गते बिहीबार सम्झौता गरेको हो । 

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्फबाट महाप्रबन्धक बिजय रिमालले छुट्टाछुट्टै कार्यक्रमबीच हस्ताक्षर गरे ।

यो सम्झौतासँगै अब सिभिल बैंकका ग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुट पाउने बैंकले जनाएको छ ।