काठमाण्डौ । सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारणसभा बैशाख २७ गते काठमाण्डौको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्तापूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने रु. ७४,४०,७९,३१२.०८ (चौहत्तर करोड चालीस लाख उनासी हजार तीनसय बाह्र रुपैयाँ आठ पैसा मात्र) बराबरको बोनस शेयर वितरण गर्ने र ०.५४% का दरले हुनआउने रु. ३,९१,६२,०६९.०६ (तीन करोड एकानब्बे लाख बैसट्ठीहजार उनन्सतरी रुपैयाँ छ पैसा मात्र) (कर प्रयोजनको) लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५ प्रतिशतका दरले हुनआउने रु.२९,४०,०२,०६९.६५ ( उन्नतिस करोड चालीस लाख दुई हजार उनानसत्तरी रुपैयाँ पैसट्ठी पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई.इच्छा राजतामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेशबहादूर मल्ललाई संचालक पदमा आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ ।
साथै सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षणका लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्न/हुन वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न/गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षितबनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
हालसम्म बैंकको ७३ शाखाहरु रहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago