काठमाण्डौ । सिभिल बैंकले यसअघि निश्कासन गर्ने भनेको २० प्रतिशत हकप्रदको प्रस्तावलाई संसोधन गरी ३० प्रतिशत बनाउने निर्णय गरेको छ । 

चैत ३० गते बसेको बैंक संचालक समितिको बैठकले पूँजी वृद्धिको उद्देश्यले यसअघि २० प्रतिशतको दरले जारी गर्ने भनिएको हकप्रदमा संसोधन गरी ३० प्रतिशत बनाउने निर्णय गरेको बैंकले नेपाल स्टक एक्सचेञ्जलाई लेखेको पत्रमा उल्लेख छ । 

२०७३ फागुन २२ गतेको संचालक समितिले २० प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको थियो । सोही निर्णय संसोधन हुने भएको हो । 

अब सिभिल बैंकले युनिक फाइनान्स लिमीटेड र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमीटेड प्राप्ति गरेपछि र अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेपछि कायम हुन आउने चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद निश्कासन हुने बताइएकोछ ।