काठमाण्डौ । सिभिल बैंक लिमिटेडको अध्यक्ष पदको कार्यभार अम्बीर बोगटीले औपचारिक रुपमा सम्हालेका छन् । 

सोमबार नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट बैंकका नवनियूक्त अध्यक्षले  सपथ ग्रहण गरेका हुन् ।

उनी बैंकको स्थापनाकालदेखि नै बैंकका संचालक थिए । यसैगरी, रिक्त संचालक पदको कार्यभार सिर्जना शाक्य तामाङ्गले सम्हाल्ने भएकी छिन् । 

बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढीभन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नवनियूक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । बैंकले यही आउँदो जेष्ठ ४ गतेका दिन छैठौं बार्षिक साधारणसभाको आयोजना गर्दैछ ।