काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आज साउन ८ गतेबाट लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले निक्षेपको बचतका सबै किसिममा ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। बैंकले मेरो बचत खाता, सिल्भर सेभिङ्स, गोल्ड सेभिङ्स, किशोर बचत खाता, नयाँ बचत खाता, नारी बचत खाता, स्यालरी प्लस डिपोजिट, आमा बुवा बचत खाता, सिद्धिल बैंक रेमिट सेभिङ एसी, सिभिल लगानीकर्ताको खाता, संस्थापक बचत खाता, सगरमाथा बचत खाता, चन्द्र सूर्य बचत खाता, प्लाटिनम सेभिङ एसी, सिभिल नेपाली बचत खाता, सम्मान बचत खाता, अनलाइन सेभिङ अकाउन्ट, समृद्धि बचत खाता, हाम्रो बचत खाता र सुरक्षा बचत खातामा ५.५० ब्याज उपलब्ध गराउने भएको छ।
यसैगरी मुद्दति निक्षेपमा बैंकले ६.५० प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म ब्याददर निर्धारण गरेको छ। बैंकले मुद्दतितर्फ संस्थागत मुद्दति निक्षेप (नयाँ) मा ६.५० प्रतिशत र नवीकरण गर्दा ६.६० प्रतिशत ब्याज दिने भएकोछ।
यस्तै बैंकले गैरसंस्थागत एन्युटी डिपोजिटमा ८.२५ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ। गैरसंस्थागत मुद्दतिमा ३ महिनासम्मका लागि ७.२५ र ३ महिनाभन्दा बढीका लागि ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।
बैंकले विदेशी मुद्रा निक्षेतर्फ भने यूएस डलर सेभिङ्स अकाउन्ट र स्ट्रक्चर्ड यूएस डलर सेभिङ्स अकाउन्टमा २.५० प्रतिशत तथा युरो सेभिङ्स अकाउन्ट र पाउन्ड सेभिङ्स अकाउन्टमा २ प्रतिशत ब्याज दिनेछ।
बैंक कर्जातर्फ भने आधार दरमा जोडेर विभिन्न कर्जा योजनामा १ देखि ५.१६ प्रतिशतसम्म ब्याज लिने भएको छ। बैंकको आधार दर ९.८४ प्रतिशत रहेको छ।
बैंकले सबैभन्दा कम लोन अगेन्स्ट बोन्डसमा १ प्रतिशत तथा एक्पोर्ट लोन, इम्पोर्टर्स लोन र लोन अगेन्स्ट सिभिल बैंक एफडीमा २ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
यसैगरी सूर्य शक्ति कर्जामा २.५० तथा डिमान्ड लोन, सर्ट टर्म प्लेज लोन, हायर पर्चेज लोन र लोन अगेन्स्ट कन्भर्टेबल एफसीवाई डिपोजिस्ट्समा ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
त्यस्तै बैंकले ओभरड्राफ्ट, टर्म लोन, सिभिल बैंक व्यक्तिगत धितोतर्फ अधितमक ५० लाखसम्म तथा हस्तकला कर्जामा ४ प्रतिशतसम्म ब्याज लिने भएको छ। बैंकले हायर पर्चेज लोन (व्यावसायिक वहान÷हेभी इक्युपमेन्ट), रियल स्टेट (जग्गा), रियल स्टेट (घर तथा कम्प्लेस निर्माण), सिभिल बैंक एसएमई लोन, सिभिल बैंक होम लोन, सिभिल बैंक हायर पर्चेज लोनतर्फ अटो लोन (प्राइभेट), अटो लोन (कमर्सियल) तथा अन्य साधन, सिभिल बैंक व्यक्तिगत धितो कर्तातर्फ ५० लाखभन्दा बढी कर्जा, मार्जिन लेन्डिङ, सिभिल बैंक गोल्ड÷सिल्भर लोन, सिभिल बैंक एजुकेसन लोन र सिभिल बैंक पसर्नल लोनमा ५ प्रतिशत तथा ओभरड्राफ्ट कार्डमा ५.१६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
बैंक लघु कर्जातर्फ पिछडिएको क्षेत्रतर्फ संस्थागत कर्जा र सहकारी÷सरकारी संघसंस्थातर्फ ३ प्रतिशत, पिछडिएको क्षेत्रतर्फ माइक्रो एसपी, माइक्रो रुरल घर कर्जा र सेक्युरिटी बेस्ड माइक्रो इटरप्राइजेज लोन ५ प्रतिशतमा तथा माइक्रो ग्रुप ग्यारेन्टी बेस्ड लोन ५.१६ प्रतिशतसम्म कर्जा उलब्ध गराउने भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19