काठमाण्डौ । सिभिल बैंक लिमीटेडलाई सर्वसाधारणलाई लक्षित गरी ‘सिभिल बैंक खुशीका योजना’ नामको विशेष अफर सार्वजनिक गरेको छ । 

सर्वसाधारणलाई लाभान्वित गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस योजनाअन्तरगत नौ महिने मुद्दतीमा १२.७५% वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५% वार्षिक ब्याजदर प्रदान गरिनेछ । बैंकका अनुसार बचत खातामा ८.२५% सम्मको वार्षिक ब्याजदर र आश्वा सेवा पनि निःशुल्क प्रदान गरिनेछ ।