काठमाण्डौ । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । 

साथै, बैंकले आफ्नो बेस रेटमा शूून्य प्रतिशत प्रिमियम जोडी बेस रेटमा नै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो । 

अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्दा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।