काठमाण्डौ । नववर्ष २०१८ को सौगात स्वरुप सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । 

बैंकले यसअघिदेखिनै शूून्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको छ । 

यस नयाँ योजनाले ग्राहकहरु लाभान्वित हुनुका साथै अन्य बैंकहरुको तुलनामा उच्च प्रतिफल प्रदान गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई यस्तै नयाँ–नयाँ योजना अघि सार्ने पनि बताएको छ ।