काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय सिराहामा आज बुधबारबाट एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
सिराहा नगरपालिका–७ जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको सिराहाका प्रमुख जिल्ला अधिकृत गोपालकुमार अधिकारीले एक समारोहबीच उद्घाट्न गरे । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले सिरहा प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र प्रशासनको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago