Kailash bIkas Bank
काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले सिरहा जिल्लाको बेल्हामा आफ्नो ४९ औं शाखा स्थापना गरी बैशाख २४ गते सोमवारदेखि कारोवार थालेको छ ।
सो शाखाको शुभारम्भ कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले गरेका हुन् ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४९ पुगेका छन् भने एटीएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा पर्सा जिल्लाको वीरगञ्ज, मनाङ्ग जिल्लाको धारापानी तथा अन्य विभिन्न ठाउँहरुमा समेत शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्ब ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२० अर्ब १४ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago