काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ ।

संस्थाले सञ्चित मुनाफाबाट हकप्रद सेयरपछि कायम हुने चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँमा गत आर्थिकसम्म वितरणयोग्य मुनाफाबाट १५ प्रतिशतले हुन आउने  ११ करोड ५ लाख ८७ हजार ६८० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ संस्थाले ५८ लाख २० हजार ४०४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गर्ने संस्थाले जनाएको छ ।