काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी)ले नियमित कोष कट्टी गर्ने सेवाग्राहीले लिएका विभिन्न कर्जाको ब्याज असारभित्र बुझाएमा १० प्रतिशत अतिरिक्त छुट दिने भएको छ । 

कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी २०७६ चैतदेखि २०७७ असारसम्मको व्याज २०७७ असार भित्र बुझाएमा सो अवधिमा पाकेको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको हो । 

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार कोषको संचालक समितिको बिहीबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस( कोभिड(१९) को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । 

त्यसैगरी, कोषमा नियमित रुपमा रकम जम्मा गरी कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष, उपदान कोष तथा लगानीकर्ता हिसाब योजनामा सहभागी भएका सेवाग्राहीलाई कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएको प्रमाणित भएमा निजको हकवालालाई क्षतिपूर्ति बापत २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि भएको छ । 

यस्तो बिषम परिस्थितीमा गरिएको निर्णयले सेवाग्रहीलाई सहयोग पुग्ने अपेक्षा कोषले गरेको छ ।