काठमाण्डौ । विश्वका दिग्गज कम्पनीहरु यतिबेला कोरोनाभाइरसको चपेटामा परेका छन्।
कोरोना संकटले आर्थिक अवस्था बिग्रिएपछि कम्पनी प्रशासनहरुले आफ्ना सीईओहरुको तलब कटौती गर्ने निर्णय गरिरहेका छन्। तर कतिपय आलोचकहरुले कम्पनीहरुको यो कदमलाई “पब्लिसिटी स्टन्ट” को संज्ञा दिएका छन्। उनीहरुले सीईओहरुको भुुक्तानीमा हुुने कटौतीले सीईओ र कम्पनीलाई धेरै नोक्सान नहुुने भएकाले यो केवल प्रचारबाजीमात्रै हुुने सक्ने बताएका छन्। आलोचकका अनुुसार यस्तो निर्णय जनताका बीच कम्पनीको शाख बढाउन गरिने सस्तो प्रचारमात्रै हो।
डिज्नीका अध्यक्षले गरे सबैभन्दा धेरै तलब कटौती
कोरोना संकटबीच डिज्नीका अध्यक्ष बब इगरले सबैभन्दा धेरै तलब कटौती गर्ने निर्णय गरेका छन्। इगरको तलब प्याकेज ४७.५ मिलियन डलर रहेको छ। यो प्याकेजमा २१.८ मिलियन डलर बोनसका रुपमा समावेश गरिएको छ र अन्य हिस्सा स्टक तथा अन्य सुुविधाहरुका रुपमा रहेको छ। आधारभूत तलबको कुुरा गर्दा इगरको मूल तलब ३ मिलियन डलर रहेको छ।
फोब्र्सका अनुुसार इगरसँग कुुल सम्पत्ति ६९० मिलियन डलर छ। सीईओहरुलाई दिइने लाभमा बोनस र स्टक अप्सनको महत्वपूर्ण हिस्सा रहेको हुुन्छ।
एक वर्षको तलब लिने छैनन् मुुकेश अम्बानी
भारतका सबैभन्दा धनी व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका प्रमुुख मुुकेश अम्बानी पनि कारोनाको प्रभावबाट अछुुतो छैनन्। हालैमात्रै मुुकेश अम्बानीले आफूले एक वर्षसम्मको तलब नलिने घोषणा गरेका थिए। उनले एक वर्षको अवधिमा पाउने करिब १५ करोड भारतीय रुपैयाँ नलिने भएका हुुन। यसका साथै कम्पनीका निर्देशक मन्डलका सदस्यहरुको तलब ३० देखि ५० प्रतिशतसम्म कटौती हुुनेछ।
न्युुयोर्क बेस्ड रिक्रुुटमेन्ट फर्मका संस्थापक तथा मुुख्य कार्यकारी ज्याक केलीका अनुुसार सीईओहरुले आफ्नो तलबमा कटौती गर्दा उनीहरु आफ्नो तलबप्रति बफादार हुुने गर्दछन्। तर वास्तवमा यस्तो भने हुुने गर्दैन। अधिकांश तलब कटौतीको विषयमा यो केवल प्रचारबाजी र षड्यन्त्रका रुपमा रहेको हुुन्छ। तलबमा कटौती गर्ने निर्णयले खासमा कम्पनीको सेयरमा उछाल आउने गरेको देखिएको छ।
सीईओहरुको पारिश्रमिक प्याकेजको हिस्साका रुपमा निःशुुल्क सेयरहरु दिइने गरिन्छ। जब कम्पनीको सेयर मूल्य बढ्छ तब उनीहरुको व्यक्तिगत सम्पत्ति पनि बढ्ने गर्दछ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago