काठमाण्डौ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा नेपाल राष्ट्र बैंक लचक देखिएको छ।
आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको बताएका हुन्। ‘राष्ट्र बैंकले कार्ययोजना आफैँ बनाउन र पालना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ’, ढकालले भने, ‘बैंक तथा वित्तीय संस्था जसको सीडी रेसियो ९० प्रतिशतमाथि छ वा तल छ, उनीहरुले २०७९ असार मसान्तसम्म ९० प्रतिशतभित्र ल्याउने गरी कार्ययोजना बनाउन भनिएको छ।’
राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशतभित्र ल्याउन योजना बनाउन भनेकोले अब सोहीअनुसार बैंक तथा वित्तीयहरुले गर्ने ढकालको भनाइ छ।
सीडी रेसियोमा थप ८ महिनाका लागि गरिएको खुकुलो प्रावधानले बैंक तथा वित्तीयहरुलाई तत्कालका लागि भने राहत हुने देखिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago