काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो (कर्जा निक्षेप अनुपात) मेन्टेन नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।
केन्द्रीय बैंकले सीडी रेसियो मेन्टेन नगरेकोमा ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो। यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जरिवाना गरेको छ।
विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन्।
कर्पोरेटलाई असोज र कात्तिकमा सीडी रेसियो मेन्टेन गर्न नसकेकोमा क्रमशः १७ लाख ९३ हजार ६४७.७३ रुपैयाँ र ३ लाख ३५ हजार ४७४.३६ रुपैयाँ जरिवाना तिर्न लगाइएको छ। यो कर्पोरेटमाथिको तेस्रो र चौथो कारबाही हो। यसअघि पनि यही शीर्षकमा दुईपटक कर्पोरेटले जरिवाना तिर्नुपरेको थियो।
यसैगरी सिन्धुलाई असोजमा सीडी रेसियो मेन्टेन गर्न नसकेकोमा ६ लाख ८२ हजार १२१.२० रुपैयाँ जरिवाना तिर्न लगाइएको छ। यो सिन्धुमाथिको तेस्रो कारबाही हो।
उता नारायणीले असोज र कात्तिकमा सीडी रेसियो मेन्टेन गर्न नसक्दा क्रमशः ५ लाख ८ हजार २००.३९ रुपैयाँ र ३ लाख ४ हजार २२९.११ रुपैयाँ तिर्नुपरेको छ। चालु आर्थिक वर्षमा नारायणीमाथि यही शीर्षकमा तेस्रो र चौथो कारबाही हो।
सप्तकोशीले असोज र कात्तिकमा सीडी रेसियो मेन्टेन गर्न नसक्दा क्रमशः ३० लाख ५९ हजार ३४४.०५ रुपैयाँ र २२ लाख ७७ हजार ३०२.२८ रुपैयाँ तिर्नुपरेको छ। चालु आर्थिक वर्षमा सप्तकोशीमाथि पनि यही शीर्षकमा तेस्रो र चौथो कारबाही हो।
असोजमा सीडी रेसियो मेन्टेन गर्न नसकेका नेपाल फाइनान्स र जानकी फाइनान्सलाई पनि राष्ट्र बैंकले क्रमशः १ लाख ४९ हजार ३६४.७३ रुपैयाँ र ८० हजार ९८५.०२ रुपैयाँ जरिवाना गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19