काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ।
राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको छ।
अब दैनिक २० केजी सुन आयात गर्ने पाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ। यसअघि दैनिक १० केजीमात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो।
राष्ट्र बैंकले विदेशी विनियम व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०७६ को एकीकृत इ.प्रा. परिपत्रः ०३/२०७६ को १. सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधि, २०६८ को बुँदा नं. ४ (क) लाई संशोधन गरेको हो। जसअनुसार आयात गर्न सकिने सुनको दैनिक परिणाम हाललाई २० किलोग्राम कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसअघि व्यवसायीहरुले मागअनुसार सुन आयात नहुँदा सुन व्यापार प्रभावित भएको भन्दै सुनको आयात कोटा बढाउन आग्रह गरेका थिए। सुन व्यवसायीको आग्रहअनुसार नै सुन आयातको सीमा बढाइएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19