काठमाण्डौ । विश्वको सेयर बजार नयाँ र अपरिचीत गन्तव्यतर्फ लम्किरहेका बेला लगानीकर्ताको ध्यान भने अर्काे एसेट क्लास सुुनले तानिरहेको छ । यो महिना अन्तराष्ट्रिय बजारमा सुनको मूुल्य सन् २०११ यताको मनोवैज्ञानिक कोसेढुुंगा पार गर्दै प्रतिऔंस १८ सय डलरमा कारोबार भएको थियो । अहिले कोरोनाभाइरसको अनिश्चितता बढ्दै गर्दा विज्ञहरुले बहुमूल्य पहेँलो धातुुको रुपमा रहेको सुनको मूुल्यले रेकर्डतोड उचाई हासिल गर्नसक्ने बताएका छन् । सुनको मूल्यमा रेकर्डतोड वृद्धि हुुने विज्ञहरुको अनुुमानपछि धेरैजसो मानिसहरु यतिबेला सुुुनमा लगानी गर्ने उपयुुुक्त समय हो कि होइन भनेर द्विविधा परेका छन् । 

किन बढिरहेको छ सुुनको मूल्य ?
यो वर्षको सुुरुवातदेखि अहिलेसम्म सुुनको मूल्यमा १९ प्रतिशतको वृद्धि देखिएको छ । न्यून ब्याजदर र विश्वका केन्द्रीय बैंकहरुले अर्थतन्त्रको पुनर्उत्थानका लागि ल्याएका योजनाहरुले सुुनको मूुल्य उकालो लाग्नलाई सहयोग पुुर्याएका छन् । अन्य लगानीको तुुलनामा कम उतारचढाव हुुने हुँदा सुुनलाई अनिश्चित समयको बेला “सेफ हेभन”को रुपमा लिइने गरिन्छ । 

अझ अर्काे रोचक कुुरा के भने सुन र अमेरिकी डलरबीच अप्रत्यक्ष अर्थात उल्टो सम्बन्ध रहेको छ । अमेरिकी डलरको मूल्य घट्दा सुुनको मूल्य बढ्ने गर्दछ र बढ्दा घट्ने गर्दछ । तर वर्तमान अवस्थामा कोरोनाभाइरस महामारीका कारण देखिएको डाउनटर्न भने भिन्न रहेको छ । 
दुईवटा दिशामा अग्रसर सुुनको भविष्य 
विश्वमा कोरोनाको केसहरु वृद्धि भइरहे पनि र आर्थिक डेटाहरु कमजोर बनिरहे पनि इक्वीटी मार्केटमा निरन्तर वृद्धि भइरहेको छ । यसले सुुनलाई नयाँ कोरोबार क्षेत्रमा प्रवेश गराएको छ । लगानीकर्तामा यसको कारोबारप्रति चासो जागेको छ । महामारी रहिरहेकाले सुुन अनिश्चितताको बाटोतर्फ समेत अग्रसर भइरहेको छ । तर, विश्वका केन्द्रीय बैंकहरुको पुनर्उत्थान योजनाहरुका कारण इक्वीटी बजारले राम्रो परफरमेन्स गरिरहेको छ । 

मूल्यवृद्धितर्फ अग्रसर 
मार्च महिनामा महामारीका कारण बजार डामाडोल भएका बेला सुुन सेल अफको शिकार भएको थियो । लगाीकर्ताले नगद हात पार्न सस्तो दरमा नै सुुन बिक्री गरेका थिए । तर त्यसपश्चात सुुनलाई आफ्नो पैसाको सुुरक्षित भण्डारणको रुपमा लिंदै खरीदकर्ताहरु सुुनतर्फ पुुनरागमन भएका छन् । ब्ल्याकरक आइसेयरको डेटाअनुुसार यो वर्ष फिजिकल गोल्ड एक्सेन्ज ट्रेडेड फण्ड(इटिएफ)मा करीब १२ बिलियन डलरको इन्फ्लो भएको छ । 

विज्ञहरुले सन् २०११ मा प्रतिऔंस १९०० डलर रहेको सुुनको मूल्यले अहिलेसम्मको रेकर्ड तोडे आफूहरु अचम्भित नबन्ने बताएका छन् ।

यस्तै गत महिना बैंक अफ अमेरिकाले समेत सुुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुुमा पुुग्ने जनाएको थियो । गत अप्रिल महिनामा बैंकले सुुनको मूल्य प्रतिऔंस ३ हजार डलर पुुग्नसक्ने जनाएको थियो । बिओएफए सेक्युुरिटिजका कमोडिटिज स्ट्रयाटिजिस्ट माइकल विडमेरका अनुुसार वैश्विक अनिश्चितताले सुुनको मूल्य कम्तीमा पनि केही वर्षसम्म बढ्नसक्छ ।

के यो सुुन खरीद गर्ने उपयुुुक्त समय हो त ? 
सुुन बजारमा देखिएको बुुलिस आउटलुुकले भविष्यमा उच्च मुुनाफा दिने सम्भावना देखाउँछ । सुुनको मूल्य अझै पनि उच्च नै रहेको छ र सुुन बजारमा प्रवेश गर्न मूल्य पनि धेरै पर्ने देखिन्छ । यस्तोमा कहिले खरीद गर्ने प्रश्न उब्जने गर्दछ । यस बिषयमा सिंगापुुर बुुलियन मार्केट एसोसियसनका सिइओ अल्बर्ट चेङ कहिले खरीद गर्ने भन्दा पनि कति खरीद गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुुने बताउँछन् । उनका अनुसार सुन खरीद गर्ने सही समय यो नै हो भन्ने हुँदैन । उनी प्रत्येक लगानीकर्तासँग आफ्नो पोर्टफोलियोमा सुुन हुुनुपर्ने मान्दछन् । सामान्यत वित्तीय परामर्शकर्ताहरुले पनि व्यक्तिको कुुल पोर्टफोलियोको तुुलनामा १ देखि ५ प्रतिशत सुुनलाई छुुट्याउनुपर्ने बताउने गरेका छन् । तर चेङ यो प्रतिशत ५ देखि १५ सम्म पुुग्नसक्ने बताउँछन् । 

त्यस्तै एलेक्जेन्डरका अनुुसार अधिकांश मानिसहरुको पोर्टफोलियोमा सुुनको हिस्सा थोरै मात्र रहेको हुुन्छ, तर मूल्यमा देखिने १ देखि २ प्रतिशतको वृद्धिले पनि ठूलो मुुनाफा दिने गर्दछ । 

कसरी गर्ने लगानी ? 
सुुरुवाती चरणको मुुद्राको रुपमा रहेको सुुनमा लगानी गर्ने केही तरिकाहरु रहेका छन् । तर यसका लागि लगानीकर्ताले किन सुुनमा लगानी गर्दैछुु भन्ने कुरामा प्रष्ट हुनुपर्छ। लगानीकर्ताले सुुनको लगानी मुुनाफा सम्भावना वा पोर्टफोलियो विविधता केका लागि गर्ने भनेर निधो गर्नुपर्छ । त्यसपश्चात लगानीकर्ताले विभिन्न विकल्पहरु बारे आफूलाई परिचित गराउनुु पर्दछ । 

सुुनमा यसरी गर्न सकिन्छ लगानी 
१. भौतिक सुुन खरीद गर्ने 
भौतिक सुुनका बार र सिक्काहरु खरीद गर्ने परम्परागत लगानीको स्वरुप हो । यो एकदमै तरल हुुने गर्दछ र एक स्थानमा खरीद गर्न र अर्काे स्थानमा बिक्री गर्न सजिलो हुुने गर्दछ । लगानीकर्ताले सुन बैंक र अन्य स्थानहरुबाट खरीद गर्न सक्दछन्, तर खरीदकर्ता भण्डारण र इन्स्योरेन्स जस्ता अतिरिक्त शुुल्क बारे भने सचेत हुुनुु पर्दछ । 
२. इटिएफ/इटिसि खरीद गर्ने
एक्सेञ्ज ट्रेडेड फण्ड र एक्सेञ्ज टे«डेड कमोडिटिजका माध्यमबाट भौतिक रुपमा खरीद नगरी नै सुुनको स्वामित्व हासिल गर्न सकिन्छ । यदि सुुनको मूल्यसँग खेल्ने चाहना छ भने यो एकदमै उपयुुक्त प्लेटफर्म साबित हुुनसक्छ । 
३. सुुनसँग सम्बन्धित स्टक खरीद गर्ने 
सुुनसँग प्रत्यक्ष सम्बन्ध राख्ने खानीकर्ता वा सुुन उत्पादक कम्पनीहरुको सेयर खरीद गर्नुु पनि सुुन होल्ड गर्ने एउटा उपाय हो । 
४. विकल्पहरु खरीद गर्ने 
वैकल्पिक साधनहरु जस्तै सुुनमा आधारित क्रिप्टोकरेन्सी वा वैदेशिक विनिमय ट्रेड अफरहरु पनि सुुन खरीद गर्ने अर्काे उपाय हो । तर यो उपाय विशेषगरी अनुुभवी लगानीकर्ताहरुका लागि मात्र हो ।
(सिएनबिसीबाट
धर्म मलाशीको भावानुवाद)