काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले सुनसरीको देवानगञ्ज गाउँपालिकामा आफ्नो ८०औं शाखा विस्तार गरेको छ । 

सो गाउँपालिकाको वडानम्बर २ स्थित देवानगञ्ज बजारमा खोलिएको यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने बताइएको छ । बैंक परिसरभित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा ल्याइने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

सो शाखाको देवानगञ्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयको सहभागिता थियो ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो । 

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एकसय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।