काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको मूल्यमा उछाल आएको छ। 

यो समचार तयार पार्दासम्म सुन पुनः २ हजार डलर प्रतिऔँसमा कारोबार भइरहेको छ। एक औँसबराबर नेपालको साढे २ तोला हुन्छ।

सुनसँगै पित्तल, तामा र अन्य धातुको भाउमा पनि विश्व बजारमा उछाल आएको छ। यसरी बढ्नुको मुख्य कारण भने विश्व बजारमा सुनका लगानीकर्ताले होल्ड गर्नु नै रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। 

यसैगरी विश्व बजारमा क्रिप्टोकरेन्सीको भाउमा  पनि पुनः उकालो लागको छ। बिटक्वाइन (बीटीसी)को भाउ आजमात्रै प्रतिक्वाइन ९ प्रतिशत अर्थात् २ हजार २४८ डलर बढेको छ। योसँगै बीटीसीको भाउ ३० हजार डलरनजिक पुगेको छ। 

यस्तै लाइटक्वाइन, इथेरियम, एक्सआरपीलगायतका क्रिप्टोको भाउमा उछाल आएको छ। 

विश्व बजार सेयरमा भने आज गिरावट आएको छ। –एजेन्सी