काठमाण्डौ । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् ।
बिहीबार राजधानी काठमाडौंमा सम्पन्न १३औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पोखरेल आइएमई लिमीटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।
एशोसिएसनको उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिट इ. प्रालिका रितेश मित्तल, कोषाध्यक्षमा सूर्य रेमिट प्रालिका सञ्जय सिग्देल निर्वाचित भएका छन् । आइपे रेमिटका इन्द्र शर्मालाई सचिवमा चयन गरिएको छ भने एशोसिएसनका सदस्यहरुमा हिमाल रेमिटका युमा श्रेष्ठ, यूनाइटेड रेमिटका प्रविन अधिकारी, इजी लिंक प्रालिका दीपेन्द्र खनाल चयन भएका छन् ।
कार्यसमितिको निवर्तमान अध्यक्ष हुलास रेमिटेन्स प्रालिका दिवाकार थापा हुन् ।
कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे ।
सबै रेमिटेन्स कम्पनीहरू संगठित भई आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago