काठमाण्डौ । कोरोनाभाइरसको संकटको विषयमा छलफल गर्न बसेको संयुुक्त सुुरक्षा परिषदको बैठकमा अमेरिका र चीनबीच नोकझोक भएको छ ।
बैठकका क्रममा अमेरीकाले चीनमाथि कोरोनाको स्रोत चीनको वुुहान भएको र यसको संक्रमणको बारेमा विश्वलाई समयमै सूचित नगरेको गम्भीर आरोप लगाएपछि नोकझोकको अवस्था सिर्जना भएको हो ।
अमेरीकाको यो आरोपको जवाफ दिदै चीनले संकटको यो घडीमा एक अर्कामाथि गरिने आरोप प्रत्यारोपले कहीँ पनि नपुगिने जनाएको एजेन्सीहरुले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।
यसका साथै उसले अहिलेको पहिलो प्राथमिकता भनेको मानिसहरुको जीवन बचाउनुु रहेको जनाएको छ । यो बैठकको क्रममा अमेरिकाले पारदर्शी तरिकाबाट समयमै हेल्थ डाटा उपलब्ध नगराएको विषयलाई प्रमुुखताका साथ उठाएको थियो ।
अमेरिकाले यो महामारीबाट छुुट्कारा पाउन यसको उद्गमस्थल अर्थात वुुहानमा यसको विश्लेषण हुुनुुपर्ने जनाएको छ । यसका साथै उसले यो महामारीको फैलावटबारे वैज्ञानिक तरिकाबाट डाटा जुुटाउन आवश्यक रहेको र यसका लागि चीनले सहयोग गर्नुुपर्ने जनाएको छ ।
यसको जवाफमा चीनले प्रमाण बिना कसैलाई पनि बलीको बोका बनाउन नहुुने जनाएको छ । बरु यसको साटो खतरामा परेकाको ज्यान बचाउन लाग्नुपर्ने जनाएको छ ।
उता रुसले कोरोनाले गर्दा दोस्रो देशमाथि लागेको प्रतिबन्धहरु फुुकुुवा गर्नुुपर्नेमा जोड दियो । चीनले कोरोनाभाइरस विश्व चुनौति भएको र संयुुक्त राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनले यसको नियन्त्रण र रोकथामका लागि गरिरहेको प्रयास र कदमका लागि धन्यबाद दिएको छ ।
अमेरीकाले कोरोनाभाइरस चीनबाट फैलिएकाले चीनले यसको गतिलो जवाफ दिनुुपर्ने धारणा राख्दै आइरहेको छ ।
उता चीनले अमेरीका बेकारको कुरामा अल्झनुुको साटो आफ्नो जनता बचाउनतर्फ ध्यान दिन भन्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago