काठमाण्डौ । जागिर खाने होइन, केहि व्यवसाय त आफैं गर्नुपर्छ भन्ने सोच लिएर आगाडि बढेमा अवश्य पनि सफलता हात लाग्न सक्दछ ।

पढ्नु भनेको जागिर खानको लागि हो भन्ने मानसिकता संसारका धेरैजसो मुलुकमा अझै पनि व्याप्त छ।धेरै बुद्धि हुनेहरु व्यापार, व्यवसाय तथा उद्यम गर्छन् । क्षमता कमजोर भएका युवाहरु जागिर- जागिर भन्दै हिंड्ने गर्छन् ।बरु केहि नलागे शैक्षिक प्रमाणपत्र फालेर खाडी राष्ट जान तयार हुन्छन् ।

वित्तीय विज्ञहरु भन्छन्, ‘जागिर त नोकर हुने मानसिकता हो, यसले मानिसलाई आर्थिक रुपमा कहिल्यै सक्षम बनाउँदैन बरु परजीवि बनाउँछ ।’

त्यसो त धनी बन्ने र समृद्धिको चाहना सबैमा हुन्छ। पढेका व्यक्तिले व्यवसायीकरण गरे सफलता प्राप्त हुन्छ र देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छ।यसका लागि त्याग तपस्या अनि समय र केहि रकम लगानी त गर्नुपर्छ नै ।

सामान्य परिवारमा हुर्केका एक युवाले यहि सोचका साथ अगाडि बढेर पाएको सफलता आजको वित्तीय सचेतना श्रृंखलामा चर्चा गर्ने प्रयास गरेका छौं । 

उनी अर्थात् सुशील सिंह भारतको उत्तरप्रदेशस्थित जौनपुर जिल्लामा बस्ने सामान्य सेक्युरिटी गार्डको छोरा हुन् । उनीसँग अहिले तीन वटा सफल कम्पनी छन् । तर त्यो त्यसै आर्जन भएको भने होइन । मासिक ११ हजार भारु तलबबाट करियर सुरु गरेका सुशील सिंहको आज करोडौं कमाई छ । हुन त उनी कक्षा १२ मा फेल पनि भएका थिए अनि कलेजको पढाइ बीचमै छोड्नु पर्‍यो ।

जागिर खाँदा प्रगति हुन नसक्ने सोच बनाएका उनीसँग कुनै पनि व्यापार गर्न पर्याप्त पैसा भने थिएन। तर संघर्षले मानिसलाई बलियो बनाउँछ भनेझैं आज उनी एसएसआर टेकविजन, डीबाको र साइवा सिस्‍टम इन्क कम्पनीका मालिक छन्। संसारले उनलाई करोडपति टेक्नोप्रेनरको रूपमा पनि चिन्छ।

उनी र उनको परिवार रोजगारीको खोजीमा गाउँबाट मुम्बई आएको थियो । त्यहाँ उनको परिवार डम्बिवलीको कोलोनीमा भाडामा बस्थे। उनका पीता बैंकमा सेक्युरिटी गार्ड र आमा गृहिणी थिइन् । उनले न्यून आय भएका परिवारका लागि सञ्चालित विद्यालयबाट १० कक्षा पूरा गरे । यसपछि उनको पढाइप्रतिको रुचि नै हरायो ।

उनी १२ कक्षामा फेल भए अनि अर्कोवर्ष १२ पास भए । त्यसपछि उनले इलाहाबाद विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातक गरे। तर उनले कलेजमा चासो दिएनन् र दोस्रो वर्षमा नै कलेज छोडे ।
मासिक ११ हजार रुपैयाँमा जागिर

त्यसपछि उनले पोलिटेक्निक कोर्स गरे र एन्ट्री लेभल टेलिकलर र सेल्स एक्जिक्युटिभको रूपमा काम गरे। यहाँ उनले मासिक ११ हजार भारु जागिर खाएका थिए। समयक्रमसँगै उनले सफ्टवेयर इन्जिनियर सरिता रावतसँग विवाह गरे । त्यसपछि दुवै मिलेर अमेरिकाको एउटा व्यवसायीसँग मिलेर भारतकै नोएडामा बीपीओ सुरु गरे ।

यहींबाट एसएसआर टेकविजन कम्पनीको सुरुवात भयो। अमेरिकी व्यवसायमा तीन/चार महिना मात्र काम गरेपछि उनले नोएडामा सहकार्य गर्ने ठाउँ पाए ।

उनको अहिले एसएसआर टेकभिजन, डिबाको र साइभा सिस्टम  छन् । बिहेपछि उनको धेरै प्रगति भयो ।तर यहाँसम्म पुग्ने उनको बाटो संघर्षले भरिपूर्ण थियो । मासिक थोरै पारिश्रमिकबाट करियर सुरु गरेका उनको आज करोडौं कमाई छ ।

हजारौं श्रमशक्तिले रोजगारी पाएका छन् । उनले विश्वमै टेक्नोप्रेन्योरको रूपमा पहिचान बनाएका छन्। उनी ती नाफा कमाउने कम्पनीका मालिकका साथै एनजीओका संस्थापक पनि हुन् ।उनले साढे दुई वर्षपछि नोएडामा भवन पनि खरिद गरे। यसपछि उनले डिबाको सुरु गरे । यो विश्वव्यापी बीटूसी अनलाइन कपडा स्टोर हो। यसपछि सन् २०१९ मा उनले तेस्रो कम्पनी साइबा सिस्टम इन्क सुरु गरे। यो एक बहुराष्ट्रिय आईटी परामर्शदाता कम्पनी हो। 

भनिन्छ, समुद्रको छालहरूको डरले डुङ्गा पार हुँदैन, प्रयास गर्नेहरू कहिल्यै हार्दैनन्। हो, उनको जीवनमा यहि लोकोक्ति लागू हुन्छ ।

उनले भने, ‘जागिर खाने होइन आन्त्रप्रेनर बनौं, अवसर वरिपरि छ, भौंतारिएर समय खेर नफालौं ।’ -भावानूबाद नवभारत टाइम्सबाट