काठमाण्डौ । ज्योति विकास बैंकले सुर्खेतस्थित जनमाध्यमिक विद्यालयमा एक्सटेन्स काउण्टर बिस्तार गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच सो एक्सटेन्सन काउण्टरको विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका बैंकले जनाएको छ ।

बैंकले निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको विज्ञप्तिमार्फत जनाएको छ । 

बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सीआस्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराउँदै आएको छ । 

हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । 

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट रु. १५ अर्ब ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणिमार्फत रु. १३ अर्ब ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्ब ५९ करोड कायम रहेको छ ।