काठमाण्डौ । सिद्घार्थ बैंकले सुर्खेतमा जेष्ठ १७ गते, बुधवारका दिन एक विशेष समारोहका बीच आप्mनो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । 

सो शाखाको उद्घाटन बैंकका संचालक हेमन्त ज्ञवालीले गरेका थिए । बैंकले सो शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।

बैंकले हालै चितवनको टाँडी, नवलपरासीको कावासोती र पाल्पाको तानसेनमा रहेका आफ्नो शाखा कार्यालयहरुको पनि औपचारिक उद्घाटन गरेको थियो ।

बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द मार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

चालु आर्थिक वर्ष २०७३/०७४ को चैत्र मसान्तसम्म बैंकले रु. ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो । सोहि अवधीमा बैंकको कुल निक्षेप रु. ७५ अर्ब २७ करोड र कर्जा लगानी रु. ६६ अर्ब २६ करोड रहेको छ ।