काठमाण्डौ । अमेरिकन स्पेस एजेन्सी नासाले सूूर्यमा एउटा निकै ठूलो प्वाल परेको पत्ता लगाएको छ । नासाको एक रिपोर्टलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित रिपोर्टमा भनिए अनुसार पृथ्वीमा परेको प्वालको आकार हाम्रो पृथ्वी भन्दा पनि ठूलो छ । यो प्वालका कारण सोलार आँधी आउनसक्ने र जसका कारण सूूर्यका आसपासका कयौं उपग्रह ध्वस्त हुनसक्ने बताइएको छ ।
स्याटेलाइटहरु ध्वस्त हुनसक्ने
नासाको सोलार डाइनामिक अब्जर्भेटरीले गएको हप्ता सूूर्यमा पहिलोपटक एउटा कालोधब्बा देखेको थियो । वैज्ञानिकहरुले यो कालोधब्बाको बिषयमा लगातार एकसातासम्म मिहीन अध्ययन गरे र पत्ता लाग्यो कि त्यो धब्बा सूूर्यमा परेको प्वाल थियो ।
आम रुपमा यस्तो प्वाल सूूर्यको चुम्बकीय क्षेत्रका कारण बन्ने गर्छ । यहाँ निकै ठूलो आकारमा चुम्बकीय गतिविधि हुने गर्छ । यसबाट निकै शक्तिशाली सौर्य तुफान आउने गर्छ । प्राय यस्ता तुफानपछि सूूर्यमा परेको प्वाल आफैं पुरिने गर्छ । तर, अहिले देखिएको प्वालको आकार बढिरहेको भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
नासाको रिपोर्ट अनुसार सूूर्यमा बनेको यो प्वालको आकार करिब १ लाख २० हजार किलोमिटरको रहेको छ । यदि यसबाट सौर्य तुफान आयो भने आगोको डरलाग्दो ज्वालाले कयौं उपग्रह र धर्तिको कयौं स्याटेलाइटहरुलाई ध्वस्त गरिदिनसक्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago