काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई दिने भनी निर्णय गरेको २५ प्रतिशत( ४ बराबर १) हकप्रद सेयरको निश्कासन आगामी साउन २० गतेदेखि हुने भएको छ । 

यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको १२ लाख ५० हजार कित्ता सेयर निश्कासनको निर्णय गरेको थियो । 

कम्पनीका अनुसार हाल कायम सेयरधनीले साउन २० देखि भदौ २० गतेसम्म हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 
 
हाल यो कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । हकप्रद निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी बढेर ६२ करोड ५० लाख पुग्नेछ । 

सूर्या लाइफको हकप्रद निश्कासनका लागि बिक्री प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । 

सेयरधनीहरुले सूर्या लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय, लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरबाट समेत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।