काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने २२ करोड ६८ लाख ५६ हजार ६११ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र ५.५२६ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।