काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विवेक झा नियुक्त भएका छन्। 

कम्पनी सञ्चाल कसमितिको आज बसेको बैठकले संस्थापक सेयर समूहतर्फ रिक्त सञ्चालक पदमा झालाई नियुक्त गरेको हो। झालाई आजैदेखि लागू हुने गरी भी.जे. इन्भेस्टमेन्ट कम्पनी प्रालिका प्रतिनिधिका रुपमा सञ्चालक समितिको बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनी सचिव राजु राजचलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि झा सूर्या लाइफको कार्यकारी भूमिकामा रहेका थिए। उनीसँग लामो समय नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेको अनुभव पनि रहेको छ। 

नेपाल लाइफ इन्स्योरेन्सको सीइओबाट झा गत वर्ष साउन १ गते विदा भएका थिए। नेपाल लाइफमा कुल नौ वर्ष ११ महिना बिताएर ३१ असारमा बिदा हुँदै गर्दा झाले यस कम्पनीलाई जीवन बीमाको क्षेत्रमा सबै सूचकहरुमा नेपालको नम्बर वान बीमकका रूपमा स्थापित गरेका थिए। 

झाको प्रवेशपछि सूर्या लाइफले पनि जीवन बिमाको क्षेत्रको निकै ठूलो फड्को मार्ने आशा गरिएको छ।