काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ६.९६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत ४६ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय ३७ करोड ४९ लाख रुपैयाँमा सीमित थियो।
यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ५.५५ प्रतिशतले बढेर ३७ करोड ५७ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३५ करोड ५९ लाख दाबी भुक्तानी गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २२.१७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनी व्यवस्थापन खर्च ३.८६ प्रतिशतले बढेको छ। गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च २५ करोड १० लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर २६ करोड ७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको जीवन बीमा कोषको आकार ३५.३५ बढेर १२ अर्ब ५७ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा ९ अर्ब २८ करोड रुपैयाँ रहेको थियो।
गत वर्ष ७२ करोड रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ६८ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ।
हालसम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३ लाख ४७ हजार ४८५ रहेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या ३ लाख २६ हजार ४९६ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.५३ रुपैयाँ र पीई अनुपात ६३.९९ गुणा रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19