काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
हाल ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको सूर्या लाइफले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा रहे पनि उक्त मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ। उक्त मुनाफाको रकम हाल जगेडा कोषमा राख्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago