काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । 

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले १० प्रतिशतसम्म प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलोजी तथा अन्य जांचमा छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.का प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।