काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिक्रीका लागि निश्कासन गर्ने ४० प्रतिशत हकप्रदको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सेञ्चुरी बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सिभिल क्यापिटल मार्केट लिमीटेडका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई गाभेपछि कायम हुने आउने चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयरधनीका लागि बिक्री गर्न लागेको हो । यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको सेयर जारी गर्नेछ ।

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३१ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकले ३३.१४ अर्ब निक्षेप संकलन गरी ३० अर्ब ७ करोड कर्जा परिचालन गरेको छ । यो अवधिमा बैंकले ४७ करोड ११ लाख संचालन मुनाफा आर्जन गरेको छ ।