काठमाण्डौ । मेगा बैंकलाई धराशायी बनाएका अनिलकेशरी शाहलाई सेञ्चुरी कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त गरेको छ । 

बिहीबार बसेको सेञ्चुरी बैंक संचालक समितिको बैठकले मेगा छाडेका शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मेगा बैंकको स्थापनाकालदेखि नै सीइओको रुपमा कार्यरत शाहको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय बैंक धराशायी बन्न पुुगेको छ । बैंक कमजोर अवस्थामा पुुगेपछि त्यहाँ २ कार्यकाल सकिन केही हप्ता बाँकी छँदै शाहले राजीनामा दिएका थिए । 

मेगा बैंकले शाहको राजीनामा स्वीकृत गरिसकेको छ । 

शाहले सेञ्चुरी बैंकमा सीइओको रुपमा आगामी पुस १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् । 

सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीइओ अनुजमणि तिम्सिनाले राजीनामा दिएपछि त्यहाँ सीइओको पद रिक्त थियो । जीवन भट्टराईले कायममुकाय सीइओको रुपमा कार्यभार सम्हालिरहेका थिए । 

स्रोतका अनुसार अनिलकेशरी शाहले मेगा बैंकमा रहेको टिमसहित सेञ्चुरीमा आउन चाहेका छन्, तर तत्काल शाहसँग मात्र बैंकले सम्झौता गरेको छ । शाहले रविना देशराज श्रेष्ठ लगायतको टिमलाई आफूसँगै सेञ्चुरीमा भित्र्याउन चाहेका छन् ।