काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको सातौं वार्षिकोत्सवको उपल्यक्षमा फागुन २५ गते बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरियो ।

शिविरमा चाबहिल, काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.बाट चिकित्सक तथा पुल्चोक, ललितपुरस्थित रक्तसञ्चार सेवा केन्दको सहयोग रहेको थियो । 

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथसाथै आँखा, मुटु, अर्थो तथा ग्यास्ट्रो सम्बन्धी स्वास्थ्य परीक्षण पनि गरिएको थियो । बालबालिकादेखि लिएर वृद्धवृद्धाहरु समेत सहभागी उक्त शिविरमा १०० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो । रक्तदान कार्यक्रमा पनि ७० जनाभन्दा बढी सहभागी थिए । 

सो कार्यक्रममा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा बैंकका संञ्चालकहरु, का.मु. प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकहरुको उपस्थिती थियो ।