काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न २०७४ फागुन १ गतेदेखि सी-आस्वा सेवा संचालनमा ल्याएको छ । 

आइपीओ, एफपीओ र हकप्रद सेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यान राखेर यो सेवा सुरु गरेको बताएको छ । 

ग्राहकहरुले नजिकको सेञ्चुरी बैंकको शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अद्याविधक गर्न र सिआरएन नम्बर लिन समेत बैंकले अपील गरेको छ ।