काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । 

बिहीबार भएको सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट आइएमई लाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आई.एम.ई लाइफ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् ।