काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जिएमई रेमिट्बीच बैशाख २३ गते रेमिट्यान्स सम्झौता भएको छ । 

सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट जिएमई रेमिटबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 

सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जिएमई रेमिटका प्रबन्ध निर्देशक  दिवाकर पौडेलले हस्ताक्षर गरे ।

बैंकले काठमाडौं उपत्यकामा ११ शाखा र ५ वटा एक्सटेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउण्टरका साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।