काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी माघदेखि लागू गर्ने भनिएको सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने प्रणाली(आस्वा)मा सहभागिताका लागि पहिलो चरणमा अन्य १० बैंकसँगै सेञ्चुरी कमर्सियल बैंकले पनि अनुमति पाएको छ । 

स्वीकृतिसँगै सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य गर्नेछ । सेञ्चुरी बैंकले धितोपत्र निष्कासन हुुँदाका बखत लगानीकर्ताबाट दरखास्त बुझी लगानीकर्ताहरुको खातामा रकम होल्ड गरी दरखास्त लिनेछ । उक्त कार्य २०७३ माघ १ गते देखि लागू हुने बैंकले जनाएको छ । 

आ.व. २०७३/७४ को असोज मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.३१.६८ अर्व र कर्जा रकम रु. २७.६० अर्ब परिचालन गरी रु. १२.३१ करोड सञ्चालन मुनाफा र रु. ७.४३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।