काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं १ नयाँबजार र दाङ जिल्लाको घोराही नगरपालिका शहिदगेटमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले स्थानीय जनप्रतिनिधि तथा उद्योग वाणिज्य संघका प्रतिनिधिको उपस्थितिमा औपचारिक उद्घाटन गरे । 

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।