काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ईनेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृत्रिम हात निर्माण र जडान गर्न रु. २ लाखको आर्थिक सहयोग गरेको छ ।
ईनेबल नेपाल विगतदेखि यो सामाजिक कार्यमा सक्रिय रहेको छ ।
यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका विविध कार्य गर्न मद्दत मिल्नेछ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago