century commercial bank
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको नेतृत्व युवा बैंकर जीवन भट्टराईले सम्हालेका छन्।
बैंकको असोज १ गते बसेको संचालक समितिको २४२ औं बैठकले प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिम्सिनाको राजीनामा स्वीकृत गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भट्टराईलाई दिने निर्णय गरेको हो ।
भट्टराई दोस्रो बरियताको रुपमा विगत ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत छन् । उनले व्यवस्थापनमा मास्टर अफ फिलोसोफी तथा अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर डिग्री हासिल गरेका छन । उनी कानूनमा समेत स्नातक छन् ।
भट्टराईले विगतमा हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष कार्य गरी सेञ्चुरी बैंकमा ८ वर्ष गरी कुल २१ वर्षको बैंकिङ्ग अनुुभव सँगालेका छन् । अधिवक्ता र अडिटर समेत रहेका भट्टराई बैंक जनताको विश्वासमा चल्ने भएकोले नीति–नियमअन्र्तगत रही नियमनकारी निकायहरुको निर्देशनको पालना गर्दै पारदर्शी रुपमा चल्नुपर्दछ भन्ने मान्यता राख्ने बैंकरको रुपमा चिनिन्छन् ।
भट्टराईको नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालनगर्ने र सक्षम नगोसिएटरमा विशेष दख्खल राख्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago