काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघबाट संचालित ‘सुरक्षित, स्वस्थकर तथा पुनः प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा रु. ५०,०००र( को आर्थिक सहयोग गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा माघ २९ गते देखि फागुन १ गते सम्म भएको थियो ।
तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे थुप्रै जानकारीहरु हासिल गरेका बताइएको छ।
बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेशराज शर्मा बीच चेक हस्तान्तरण कार्यक्रम भएको बताइएको छ । सो क्रममा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराइको उपस्थितीे थियो ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा ए.टी.एम्, १४ वटा शाखारहित बैंकिङ्ग र ६ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago