काठमाण्डौ। अमेरिकी खर्बपति व्यापारी एलन मस्क आफ्नो स्टारलिंक सेटेलाइट ब्रोडब्यान्डलाई भारत ल्याउन उत्सुक छन् ।
विश्वका सबैभन्दा धनी मस्कसामु एशियाका सबैभन्दा धनी मुकेश अम्बानी तगारो बनेका छन् ।हुँदाहुँदा त उनी आफैं सञ्चालक रहेको रिलायन्स जियो इन्फोकमले भू-उपग्रहमा आधारित इन्टरनेट सेवा शुरु गर्न लागेको छ ।
गत शुक्रबारदेखि शुरु भएको ‘इन्डिया मोबाइल कंग्रेस २०२३’ मा उक्त कम्पनीले ‘जियो स्पेस फाइबर’ परियोजनाबारे सहभागीहरुलाई जानकारी दिइरहेको छ ।
हाल कम्पनीले फिक्स्ड लाइन र वारयलेसमार्फत ४५ करोडभन्दा धेरै ग्राहकलाई उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराइरहेको छ । रिलायन्स जियोका अध्यक्ष आकाश अम्बानीले अबको सेटेलाइट नेटवर्कले देशको विकटतम् स्थानमा पनि जियो टू फाइभजीको पहुँच र स्तर बृद्धि गर्दै मोबाइलमा सवैको पहुँच बढाउन सहयोग गर्ने बताएका छन् ।
जियोसँगै भारतमा अर्को युटेलस्याट–वानवेब एयरटेल ग्रुपमार्फत अर्को महिनादेखि सेटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ ।
भारतीय भिमकाय दूरसञ्चार कम्पनी रिलायन्स जियो अम्बानीको कम्पनी हो ।उता मस्कले पनि केहि समयअघि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आफू भारतमा स्टारलिंक लञ्च गर्न इच्छुक रहेको बताएका थिए ।
स्टारलिंक इन्टरनेटको पहुँच नपुगेको अनि उच्च गतिको सेवा नपाइने भारतको विकट गाउँहरुका लागि अनि नै उपयोगी हुने मस्कको भनाइ छ । उनले सन् २०२१ मै भारतमा स्टारलिंक लञ्च गर्न खोजेका थिए । तर उनर्ला भारतीय अधिकारीहरुले स्टारलिंक लञ्च गर्ने अनुमति दिएनन् ।
एयरटेल र जियो दुवैलाई आफ्ना स्याटलाइट कम्युनिकेसन्स सेवा व्यावसायिक रूपमा उपलब्ध गराउन स्पेक्ट्रम चाहिन्छ । कुन विधिबाट एयरवेभ उपलब्ध गराउने भन्नेबारे भारत सरकार अनिश्चित रहेकाले स्याटलाइट इन्टरनेट तत्कालका लागि अन्योलकै विषय हुने देखिन्छ ।
भारत सरकारले बाँड्ने सेटेलाइट ब्रोडब्यान्ड स्पेक्ट्रमको मामिलामा स्टारलिंक र रिलायन्स बीच द्वन्द्व के आखिर के कुरमा भइरहेको छ त ?हुन त स्टारलिंकले भारतलाई स्पेक्ट्रमको लिलाम बिक्री नगर्न फकाइरहेको छ ।
अन्तरराष्ट्रिय स्तरमा चलनचल्ती भए जस्तै स्पेक्ट्रमको लाइसेन्स बाँड्न भनिरहेको छ । यो प्राकृतिक संशाधन भएकोले यसलाई कम्पनीहरुले बाँडेर चलाउनु पर्छ भन्ने स्टारलिंकको धारणा छ ।
लिलामीले भौगोलिक प्रतिबन्ध लगाउने अनि खर्च पनि बढाउने कम्पनीको भनाइ छ । उसले चाहिं सरकारसँगलिलाम बढाबढमा खोल्न भनेको छ । यस मामिलामा स्टारलिंक र रिलायन्सको मतभेद चुँलिदैं गइरहेको छ । -एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago