 
                     
                                
                             
                                    काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको सञ्चालक समितिको फागुन २५ गते (बिहीबार) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै सेयरधनीहरुले कुनै पनि किसिमको लाभांश नपाउने भएका छन्।
बैठकले संस्थाको उक्त आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पेस गर्ने निर्णय पनि गरेको छ।
राष्ट्र बैंकबाट वित्तीय विवरणहरु स्वीकृत भएपछि आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने संस्थाले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19