 
                     
                                
                             
                                    काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको छ। 
कम्पनीले आज एक सूचना जारी गर्दै सेयरबापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ। 
कम्पनीको गत वैशाख २५ गते सम्पन्न विशेष साधारणसभाको निर्णयाअनुसार अधिकृत, चुक्ता र जारी पुँजी भएबमोजिम कम्पनीको गत जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले साबिक संस्थापक सेयरधनीहरबाट लगानी भएको रकमको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय गरेको थियो।
ेसोही निर्णयबमोजिम सेयर स्वामित्वका आधारमा कम्पनीले थप ५० प्रतिशत रकम जम्मा गर्न संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो।
संस्थाप सेयरधनीहरुले कम्पनीको वेबसाइटमा उपलब्ध सेयर लगानी फारम पूर्ण रुपमा भरी फारम र सिद्धार्थ बैंकमा रहेको खाता नं. ००११५४९२३४०, एनआईसी एसिया बैंकमा रहेको खाता नं. ५४४१०००७४४८५२४०२ र माछापुच्छ्रे बैंकमा रहेको खाता नं. ९९९००५३९६७७०००१७ मा थप सेयरबापतको रकम जम्मा गरेको भौचर संलग्न गरी यही असार १६ गतेसम्म काठमाण्डौको कमलपोखरीस्थित कम्पनीको प्रधान कार्यालयमा उपलब्ध गराउने आग्रह गरिएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19