काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० हाराहारीमा कारोबार भइरहेको अभियान लघुवित्त चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८३ लाख बढीले घाटामा गएको छ ।
यस्तै, वितरणयोग्य घाटा ५ करोड हाराहारी पुगेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी ४५.२७ रुपैयाँले नेगेटिभ बनेको छ।
मूल्य आम्दानी अनुपात १२.९६ गुणाले नेगेटिभ बनेको छ भने रिटेन अर्निंग ५ करोड ५९ लाखले नेगेटिभ बन्न पुगेको छ ।
कुल २५ करोड चुक्तापूँजी रहेको यो कम्पनी समीक्षा अवधिमा २ करोड ८३ लाखले सञ्चालन घाटामा गएको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनी १ करोड ७१ लाखले मात्र सञ्चालन घाटामा थियो ।
अघिल्लो वर्ष पहिलो त्रैमासमा कम्पनी ३ लाख बढीले नाफामा थियो ।
समीक्षा अवधिमा कम्पनीले १ करोड १२ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी १ करोड ८९ लाख रुपैयाँ थियो ।
अघिल्लो वर्षको यही अवधिमा ४.९१ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर यो वर्ष ६.८८ प्रतिशत पुगेको छ । यो भनेको केन्द्रीय बैंकले तोकेको सीमाभन्दा बढी हो ।
समीक्षा अवधिमा यो कम्पनीको आधार दर २०.३६ प्रतिशत पुगेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19