काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँ कायम गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीतिमार्फत समग्र बैंकिङ प्रणालीबाट सेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँ लिइएको जानकारी गराएको हुन्। यसअघिको नीतिअनुसार एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंक तथा वित्तीय संस्था १२ करोड रुपैयाँसम्म धितो कर्जा लिन सक्ने व्यवस्था थियो।
यसैगरी सेयर धितो कर्जामा २५ लाख रुपैयाँसम्मका जोखिम भार १०० प्रतिशत गरिएको छ भने त्यहाँभन्दा माथिका लागि १५० नै कायम गरिएको छ।
यस्तै धितोपत्र कारोबार रोक्काका विषयमा धितोपत्र बोर्डले स्वयं नीतिगत व्यवस्था गर्न पाउने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19