काठमाण्डौ । विश्वका सबैभन्दा ठूला लगानीकर्ता मानिने अमेरिकी व्यापारी वारेन वफेटले कोरोना महामारीको क्रममा अमेरिकी अर्थतन्त्रको बारेमा सकारात्मक प्रवृतिको बारेमा बताउँदै लगानीकर्तालाई चेतावनी दिएका छन् । उनले कोरोनाभाइरसका कारण कठिनाई झेलिरहेको विश्व अर्थतन्त्रलाई नियालेर जुुन लगानीकर्ताले अमेरिकी अर्थतन्त्रको अवस्था कमजोर र भयावह हुुने अनुुमान लगाएर त्यही ढंगबाट आफ्नो कारोबारको रणनीति बनाउँछन् भने उनीहरु गलत साबित हुुने बताएका छन् । उनको यस्तो प्रकारको रणनीतिका लागि ऋण लिएर लगानी गर्नेहरुले झट्का नै सहनुुपर्ने बताएका छन् ।
अमेरिकालाई कसैले पनि रोक्न सक्दैन
वर्कशायर ह्याथवेका ५५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बफेटले यो समयमा लगानीको सबैभन्दा उपयुुक्त तरिका एसएण्ड पि ५०० मा लगानी गर्नुु हुुने बताएका छन् । उनले आफ्नो कम्पनी वर्कशायरले पूरै कम्पनी खरीद नगरेर त्यसमा केही प्रतिशत हिस्सेदारी खरीद गर्छ भने पनि आफूलाई कुुनै पनि चिन्ता नलाग्ने बताए ।
उनले आफूले कोरोनाभाइरस महामारीको परिणाम स्वरुप उत्पन्न भएको माहौलमा वृहत स्तरमा सम्भावना देखेको बताएका छन् । यसका साथै उनले अमेरिकालाई अगाडि बढ्नबाट कसैले पनि रोक्न नसक्ने बताएका छन् ।
अमेरिकाविरुद्ध नलगाउनुुस् दाउ
उनले अमेरिकामा भएको जनयुुद्धदेखि लिएर महामन्दी जस्ता कयौं उदाहरण प्रस्तुुत गरेर अमेरिका यी सबै विषम परिस्थितिसँग जुुध्न र बाहिर निस्कन सक्षम रहेको बताए । उनले भने, “तपाई विश्वास गर्नुुहुुन्छ भने अमेरिकालाई कसैले रोक्न सक्दैन । अमेरिकाविरुद्ध कहिल्यै पनि दाउ नलगाउनुुहोस् ।”
बफेटले आफूले सन् १९५० मा कलेज छोडेदेखि अहिलेसम्म अमेरिकी सेयर बजारले एक डलर लगानीमा १०० डलर प्रतिफल दिएको बताए ।
४९.७५ अर्ब डलर नोक्सान
३१ मार्च २०२० सम्म वर्कसायरको कुुल सम्पत्ति १३७.३० अर्ब डलर रहेको थियो । ओमाहामा मुुख्यालय रहेको कम्पनीले शनिबार आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुुसार कोरोनाका कारण कम्पनीलाई ४९.७५ अर्ब डलर खुुद घाटा भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago